सनराइज क्यापिटलले ल्यायो निःशुल्क डिम्याट खाता खोल्ने सुविधा |
काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ । क्यापिटलले “नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता” अभियानलाई सार्थक बनाउने उद्देश्यसहित जेठ १६ गतेदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो ।
क्यापिटलको यस सुविधा तथा अभियानबाट विशेषत पूँजी बजार बाहिर रहेका गृहणी, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई विशेष फाईदा पुग्नुका साथै सर्वसाधारण व्यक्तिहरुमा डिम्याट खाताको पहुँचमा वृद्धि हुने कम्पनीले विश्वास लिएको छ । सर्वसाधारणलाई लक्षित गरि ल्याइएको यस्ता कार्यक्रमले सर्वसाधारणहरुलाई पूँजी बजारमा प्रवेशका लागि अवसरका साथै समग्र बजारमा लगानी वृद्धिलाई समेत सहयोग पुग्ने कम्पनीले जनाएको छ ।