नेशनल लाईफ इन्स्योरेन्सको नाफा ८ करोड ४९ लाख |
काठमाडौं । र्जीवन बीमा कम्पनीहरुमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ४९ लाख रुपैयाँ मुनाफा कमाएको छ । कम्पनीको यो मुनाफा गतवर्षको सो अवधिको तुलनाभन्दा ३ दशमलव ५१ प्रतिशतले बढी हो । गतवर्षको पहिलो त्रैमासमा कम्पनीले ८ करोड २० लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
२ अर्ब ६२ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनिले जगेडाकोषमा ७२ करोड ६७ लाख रुपैयाँ, जीवन बीमा कोषमा २२ अर्ब ५४ करोड २३ लाख रुपैयाँ र महा विपत्ती कोष जगेडामा १७ करोड ५ लाख रुपैयाँ छुटाएको छ । यो अवधिमा १ अर्ब ४२ करोड ३४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने ६८ करोड ५४ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।
कम्पनीले कुल कायम रहेको बीमालेखको संख्या ७ लाख ४७ हजार ४१९ वटा रहेको छ भने गत वर्ष कम्पनीले ८ लाख २ हजार ३६६ वटा बीमा जारी गरेको थियो । कम्पनीले ३ हजार ४ सय ११ भुक्तानी संख्याबाट ६८ करोड ५४ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने २४ करोड ६९ लाख रुपैयाँ दावी भुक्तानी गर्न बाँकि रहेको देखिन्छ ।
कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १२ रुपैयाँ ९६ पैसा, प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ६९ पैसा, मुल्य आम्दानी अनुपात ५२ दशमलव ४५ गुणा र प्रतिशेयर कुल सम्पतिको मल्य १०५४ दशमलव ३६ रुपैयाँ रहेको छ ।