दोलखाको फिल्म सिटी पीपीपी मोडलमा बनाइने |
काठमाडौं । सरकारले दोलखामा निर्माण गर्ने भनेको फिल्म सिटी निजी-सार्वजनिक साझेदारीमा निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माका अनुसार आगामी आर्थिक वर्षमा फिल्म सिटी निर्माणको काम अगाडि बढ्नेछ ।
आगामी आर्थिक वर्षमा बनेपा इन्डोर स्टुडियो बनाइने छ । पत्रकारको दुर्घटना बीमालाई निरन्तरता दिइएको छ । लोककल्याणकारी विज्ञापन अब अनलाइन सञ्चारमाध्यमले समेत पाउने भएका छन् ।