कृषकलाई सस्तो ब्याजमा कर्जा उपलब्ध गराउन लघुवित्त कोष स्थापना गर्ने |
काठमाडौं । कृषि कर्जा सहज उपलब्ध गराउन ५ खर्ब बराबरको कर्जा बराबरको कर्जा उपलब्ध गराउन एक लघुवित्त कोष स्थापना गरिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त कोष स्थापना गर्ने घोषणा गरेका हुन्।
यसमा बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा विपन्न बर्ग तथा कृषि उत्पादन क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जा बापतको रकम लगानी गर्नुपर्ने उल्लेख छ। यसमा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्ष कोषको समेत निश्चित रकम लगानी गर्नुपर्ने भएको छ।