नेपाल बैंक ८२ औं वर्षमा |
काठमाडौं । नेपाल बैंक लिमिटेड ८२ औं वर्षमा प्रवेश गरेको छ । बैंकको वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई समय सुहाउंँदो प्रविधिमैत्री बनाई दुर्गम सुगम सबै क्षेत्रका नेपालीलाई आधुनिक बैकिङ सुविधा उपलव्ध गराउन बैंकलाई शुभकामना दिएका छन् ।
त्यस्तै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको जेठो बैंक नेपाल बैंक विगतको कमजोर अवस्थाबाट तुलनात्मक रुपमा माथि उठी आज सवल बैंकको रुपमा स्थापित हुन सकेकोमा खुसि ब्यक्क्त गरेका छन् । वि.स. १९९४ साल कार्तिक ३० गते लक्ष्मीपूजाका दिन स्थापित नेपाल बैंकका सन्दर्भमा नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीवी नेपालले दिगो र समावेशी आर्थिक वृद्धिका लागि वित्तीय क्षेत्रबाट अपेक्षित भूमिका निर्वाहमा विशेष ध्यान पु¥याउन नेपाल बैंकलाई शुभकामना दिएका छन् ।
यसैगरी नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष जनार्दन शर्मा आचार्यले बैंकको परिवर्तित सुदृढ अवस्थाप्रति प्रशन्नता व्यक्त गर्दै आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व र वित्तीय साक्षरता सम्बन्धी कार्यक्रममा विशेष पहल गर्ने बताए ।
बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले बैंकले हालका वर्षमा हासिल गरेका उपलब्धिहरु गर्व गर्न लायक रहेको बताउंदै बैंकले प्राप्त गरेका उपलब्धिलाई दिगो बनाउन आगामी बैंक व्यवस्थापनको ध्यान स्मार्ट ब्रान्चको प्रभावकारी कार्यान्वयन गरी ग्राहकलाई खुशी बनाउने दिशामा केन्द्रित हुने बताए ।
वार्षिकोत्सवकै दिन बैंकले विभिन्न ८ स्थानमा शाखा स्थापना गरेको छ । यी शाखा स्थापना पश्चात बैकको जिल्ला पहुँंच ५९ पुगेको छ । गत आर्थिक वर्षमा ३ अर्ब ३९ करोड मुनाफा गरेको यस बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा ९१ करोड ३८ करोड खुद मुनाफा आर्जन गरेको छ ।
यस अवधिमा ९३ अर्ब ४३ करोड निक्षेप संकलन गरी ८१ अर्ब कर्जा प्रवाह गरेको यस बैकले १५४ शाखा सञ्जाल ८१ वटा एटीएम सेवा विन्दुमार्फत १५ लाख ग्राहकलाई बैंकिङ सेवा पुर्याइरहेको छ ।