‘सेतो बाघ’ भोड्का बजारमा |
काठमाडौं । नेचुरल स्पिरिट्स नेपालद्वारा उत्पादन गरिएको नयाँ ब्राण्डको भोड्का बजारमा आएको छ । कम्पनीले सेतो बाघ भोड्का बजारमा ल्याएको हो । नेपाली स्वादको यो मदिरा देशको सबै मुख्य पसलहरूमा बिक्री वितरण शुरु गरिएको कम्पनीको भनाइ छ ।
‘बजारमा उपलब्ध भैरहेका अन्य भोड्काहरु भन्दा भिन्न तर उत्कृष्ट स्वादको यो भोड्का अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप तयार पारिएको छ। उक्त ब्रान्डलाई देशव्यापी वितरण गर्ने क्रममा हालै -याडिसन होटल काठमाडौंमा एक भव्य समारोह बीच उक्त ब्रान्डलाई सार्वजिनिक गरियो’, कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका चेयरम्यान अशिम सिटौला यस भोड्काको आगमनले भोड्काप्रेमीहरुको बढ्दो चाहनाको पूर्ति गर्नेमा विश्वास व्यक्त गरे । भोड्कामा हिमालयको झरनाबाट बहेको चिसो स्वच्छ पानी र युरोपबाट आयातित प्रमुख कच्चा पदार्थहरूको मिश्रण रहेको बताइएको छ । सेतो बाघ १८० मिलि, ३७५ मिलि र ७५० मिलिमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।