टाटाको ४० लाख रुपैयाँ मूल्य पर्ने नेक्सन क्राज बजारमा |
काठमाडौं । टाटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नेक्सन क्राजको बिक्री शुरु गरेको छ । कम्पनीले नेपाली बजारमा सर्वाधिक बिक्री भएको कम्प्याक्ट एसयुभीको पहिचान बनाएको नेक्सनको अर्काे संस्करण नेपाली बजारमा ल्याएको हो ।
टाटा मोर्टसको प्यासेन्जर भ्याइकल यूनिट सम्बन्धि अन्तरराष्ट्रिय व्यापारका प्रमुख सुजन रोयले नेक्सनको अर्को आकर्षक संस्करण नेक्सन क्राजलाई मुख्यतः सक्रिय र साहासिक जीवनशैली रुचाउने नेपाली ग्राहकको आवश्यक्ता र मागलाई सम्बोधन गर्न ल्याएको बताए । मल्टिड्राइभ मोडको विशेषतायुक्त यो गाडी शहरको व्यस्त सडक देखि लिएर राजमार्ग मा समेत अत्यन्त सरल र रोमाञ्चक ढङ्गले चलाउन सकिने कम्पनीले जानकारी दिएको छ ।
कालो र हरियो रङ्गको बेजोड समिश्रण भएको नेक्सन क्राज १२०० पेटोल र १५०० सीसी इन्जिन डिजेल क्षमतामा उपलब्ध रहेको कम्पनीले बताएको छ । नेक्सन क्राज , क्राज र क्राज प्लस गरी दुई भ्यारिएन्टमा डिजेलका लागि ४३ लाख ८५ हजार रुपैयाँ र पेट्रोलका लागि ३९ लाख ९५ हजार रुपैयाँको शुरुवाती मुल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार २०९ मिलिमिटरको उत्कृष्ट ग्राउण्ड क्लियरेन्सले क्राज अरुभन्दा बढि सुरक्षित र आरामदायी रहेको कम्पनीको भनाई छ । चार स्पीकरको इन्फोटेन्मेन्ट, अटोमेटिक, क्लाइमेट कन्ट्रोल, रिभर्स पार्ककिङ्ग, सेन्सर लगायतका विशेषता रहेको कम्पनीले भनाई छ ।