हिमस्टारको हातखाली नजाने ‘खुर्क्यो कि फुर्क्यो’ योजना सम्पन्न |
काठमाडौं । गोल्छा अर्गनाइजेशनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले दशैं, तिहार र छठको अवसर पारेर सञ्चालन गरेको ‘खुर्क्यो कि फुर्क्यो’ योजना सम्पन्न भएको छ । कम्पनीले नेपालीहरूको महान् पर्व बडा दशैं, तिहार तथा छठको अवसर पारेर ग्राहकले हिमस्टारका टीभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा वासिङ मेशिनलगायतका घरायसी सामानहरूको खरिदमा हात खाली नजाने योजना ल्याएको थियो ।
उक्त योजनाा सहभागी भएका ग्राहकले कुपन स्क्रयाच गरेर हिमस्टारका राइस कुकर, इलेक्ट्रिक थर्मस, इलेक्ट्रिक किट्ली, भ्याकुम क्लिनर, उफर, मिक्स्चर, ड्राइ आइरन तथा स्टिम आइरनजस्ता उपहारहरू जितेका छन् । हिमस्टारले नेपाली बजारमा स्तरीय घरायसी सामानहरू उपलब्ध गराउँदै आएको छ ।