हिमालयन पुर्नबीमा कम्पनीले आइपीओ निष्कासन गर्ने |
काठमाडौं । हिमालयन पुर्नबीमा कम्पनी (हिमालयन रि)ले प्रिमियम मूल्यमा साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
आउँदो जेठ २७ गते बोलाएको कम्पनीको साधाराण सभामा कम्पनीको सञ्चालक समितिले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने निर्णय गरेको हो । हिमालयनले चुक्ता पुँजी १० अर्ब रुपियाँ पुर्याउनुपर्ने हुन्छ जसमध्ये संस्थापकहरुले सात अर्ब र बाँकी तीन अर्ब सर्बसाधारणबाट संकलन गरिने छ ।