स्वेतगंगा हाइड्रोपावरलाई आईपीओ निष्काशन गर्न बोर्डले दियो अनुमति |
काठमाडौं । स्वेतगंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई जेठ ११ गते बुधबार आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
त्यस अनुसार कम्पनीले ३९ करोड ८२ लाख ५० हजार रुपैयाँ रुपैयाँ बराबरको ३९ लाख ८२ हजार ५०० कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्काशनको अनुमति माग्दै कार्तिक १० गते बोर्डमा आवेदन दिएको थियो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।