इन्धनको मूल्य बढेसँगै सरकारले फेरि बढायो सार्वजनिक यातायातको भाडा |
काठमाडौं । सरकारले जेठ १० गतेदेखि लागु हुनेगरी सार्वजनिक सवारीको भाडा पुनः बढाएको छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण फेरि सार्वजनिक सवारीको भाडा समायोजन गरेको हो ।
यातायात व्यवस्था विभागले मंगलबार जारी गरेको नयाँ भाडा दर अनुसार अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ २.१ प्रतिशत भाडा बढाएको छ । भने, त्यस्तै पहाडी बाटोमा गुड्ने मालबाहक तर्फ २.७ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ३ प्रतिशत भाडा बढाएको छ । यस अघि जेठ ३ गते सवारी भाडा बढेको थियो।
नेपाल आयत निगमले यही जेठ ८ गते इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको थियो। विभागले केही समयअघि इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढी बढेमा स्वचालित रुपमा भाडा समायोजन हुने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो।