प्लाष्ट नेपाल फाउण्डेशनद्वारा “प्लास्ट नेपाल २०२२” प्लाष्टिक प्रदर्शनीको आयोजना |
काठमाडौं । प्लाष्ट नेपाल फाउण्डेशनले जेष्ठ महिनाको १२, १३ र १४ गते भृकुटी मण्डपमा "प्लास्ट नेपाल २०२२" नामको प्लाष्टिक प्रदर्शनीको आयोजना गर्ने भएकाे छ । यस फाउण्डेशनले गर्न लागेको यो प्रदर्शनी तेस्रो संस्करणको प्रदर्शनी हुनेछ ।
पहिलो संस्करणको यस्तो प्रदर्शनी यस अघि २०७१ र दोस्रो संस्करण २०७५ मा आयोजना भएको थियो ।
अब हुन लागेको तेस्रो संस्करणको यो प्लाष्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लाष्टिक उद्योगहरु र छिमेकी मुलुक भारत लगायत अन्य देशका समेत करिब ५,००० वटा प्लाष्टिक उद्यमी व्यवसायीहरु र करिव १००,००० उद्योगी, व्यवसायी र अन्य दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनीमा प्लाष्टिकजन्य उत्पादनहरु, यसका कच्चा पदार्थहरु र मेशिन उपकरणहरु समेतका विभिन्न १२६ वटा स्टलहरु राखिने छन् ।
प्लाष्ट नेपाल फाउण्डेशनका उपाध्यक्ष विवेक तातेडको संयोजकत्वमा मेला तयारी तथा आयोजक कमिटी गठन गरिएको छ ।
प्लाष्ट नेपाल, नेपाली प्लाष्टिक उद्यमीहरुको छाता संगठन हो, जसले नेपालमा प्लाष्टिकको दिगो वृद्धिकाेलागि निरन्तर काम गरिरहेकाे छ । प्लास्ट फाउण्डेसनका अध्यक्ष राहुल अग्रवालका अनुसार यस प्लास्टिक प्रर्दशनीको मुख्य उद्धेश्य प्लास्टिकका विषयमा उद्योगी तथा व्यवसायीलाई प्रर्दशनी मार्फत जानकारी दिनु रहेको छ ।
यसैगरी यस प्रर्दशनीको अर्को उद्धेश्य नेपालमा प्लास्टिकको प्रयोगका बारेमा ज्ञान दिने तथा उत्पादनकाे प्रर्दशनी गर्ने रहेको अग्रवालले मेरोलगानीलाई जानकारी दिए ।
'प्लास्टिक प्रयोग गरी फाल्ने हाेइन, प्लास्टिकबाट अन्य धेरै उत्पादन गर्न सकिन्छ जसकारण वातावरण प्रदुषण नहुन सहयोग पुग्छ, अग्रवाल भन्छन्। प्लास्टिकलाई संकलन गरेर पुन : प्रशोधन गरी नेपालमा प्लाष्टिकजन्य वस्तुहरु उत्पादान भइरहेकाले यस मेलाले नयाँ प्रविधि ,शिप विकास तथा आपूर्तिमा सहयोग पुग्ने प्लस्ट नेपालको विश्वास रहेकाे छ ।
नेपाली उत्पादनलाई प्राथमिकता दिनेदेखि, प्लाष्टिकको रिसाइकल र फोहोर व्यवस्थापनमा सबैतिर यस संस्थाले सरकार र उद्योगीहरुसँग मिलेर काम गरिरहेको छ । नेपालमा प्लाष्टिक उद्योग व्यवसायको प्रवद्र्धन गरी उपभोक्ताहरुलाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लाष्टिकजन्य वस्तुहरु उपलव्ध गराउन यस मेलाले सकारात्मक भुमिका खेल्ने अपेक्षा गरिएको छ ।