एनसीसी बैंकको नाफा ८६.५३५ ले वृद्धि |
काठमाडौं । एनसीसी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४६ करोड ९१ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ गत वर्ष एनसीसीले २५ करोड १४ लाख ९६ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । बैंकले गत वर्षको यसै अवधिमा भन्दा ८६.५३५ ले नाफा बढाएको हो । यो अवधिमा बैंकको वितरण योग्य नाफा २८ करोड ४ लाख ६२ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा वितरण योग्य नाफा १६ करोड ४५ लाख ८४ हजार रुपैयाँ थियो । एनसीसीको खुद ब्याज आम्दानी १३२.४५५ ले बढेर ८० करोड ८० लाख ७५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा खुद ब्याज आम्दानी ३४ करोड ७६ लाख २४ हजार रुपैयाँ मात्र थियो ।
यस्तै, सञ्चालन नाफा पनि ८०.१९५ ले बढाएर ६१ करोड ३० लाख ८१ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष सञ्चालन नाफा ३४ करोड २ लाख २७ हजार रुपैयाँ रहेको थियो । एनसीसीले ६२ अर्ब ८४ करोड ३० लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरेर ५७ अर्ब ३० करोड १९ लाख ४३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
गत वर्ष एनसीसीले ६१ अर्ब ७५ करोड ९४ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरेर ४७ अर्ब ९९ करोड ९५ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । बैंकले खराब कर्जा ४.२९५ बाट घटाएर ३.६९५ मा झारेको छ । कस्ट अफ फन्ड ७.८८५ र बेस रेट ११.४५५ रहेको छ ।
बैंकको चुक्ता पुँजी ४ अर्ब ६८ करोड ५९ लाख २ हजार रुपैयाँ मात्र छ । तर हालै बिक्री गरेको ५०५ हकप्रद पनि पुँजीकृत गरेपछि भने पुँजी झण्डै ७ अर्ब २ करोड पुग्नेछ ।
जगेडा कोषमा ४ अर्ब ९० करोड ८० लाख ७८ हजार रुपैयाँ जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ५ पैसा र प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ४ पैसा छ ।