नेपाल इन्स्योरेन्सले साधारण सभा बोलायो, बुक क्लोज कहिले? |
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले जेठ ३० गते बिहान १० बजे, नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, काठमाडौं ७३ औं वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ११ प्रतिशत अर्थात १३ करोड ६६ लाख रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.५७८९ प्रतिशतले हुन आउने ७१ लख ९२ हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।
यस्तै कम्पनीले जारी पूँजी तथा चुक्ता पूँजी सम्बन्धि व्यवस्था संशोधन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
सभाले संञ्चालक समितिमा संस्थापक शेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने दुई जना र सर्वसाधारण शेयधनी समुहबाट २ जना गरी ४ जना सञ्चालकहरुको समेत निर्वाचन गर्नेछ ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले जेठ १७ गते देखि ३० गतेसम्म बुक क्लोज गर्नेछ । त्यस अनुसार जेठ १६ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।