फूल सर्कल एक्सपिडिसनका आरोहीलाई नेपाल पर्यटन बोर्डको सम्मान |
काठमाडौं । सगरमाथाको सफल आरहण गरी फर्किएको फुल सर्कल एक्सपिडिसनका आरोहीलाई नेपाल पर्यटन बोर्डका तर्फबाट सम्मान गरिएको छ । एक्सपिडिसनका ७ जना आरोहीले १२ मे २०२२ मा सगरमाथाको सफल आरोहण गरेका थिए ।
आरोहीलाई नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले होटल याक एण्ड यतिमा सम्मान गरेकी थिइन । विभिन्न क्षेत्रबाट सगरमाथा आरोहण भइरहेको सन्दर्भमा फूल सर्कल एक्सपिडिसनका आरोहीले सगरमाथा आरोहण गरेर नयाँ सन्देश दिएको बताइन । यो नेपालको पर्यतीय पर्यटनका लागि सुखद भएको बताउँदै उनले सबैलाई बधाई दिइन ।
आरोहण टिमका टिम लिडर फ्लिप हेन्डर्सनले आफ्नो टिमले सगरमाथाको सफलतापूर्वक आरोहण गरेकोमा गर्व महसुस भएको प्रतिक्रिया दिए । ‘विश्वको सर्वोच्च शिखर सगरमाथा आरेहण आफैमा रोमाञ्चक र जोखिमपूर्ण यात्रा हो । हाम्रो टिमले यो सफलता पाएकोले यो मेरो लागि र मेरो टिमका लागि नै खुशीको कुरा हो ।’ उनले भने । टीममा एक जना महीला सहित ७ जना काला जातीका आरोही तथा १३ जना नेपाली आरोहीहरु सहभचागी रहेको टिम लिडर हेन्डर्सनले जानकारी दिए ।