वातावरण मैत्री उत्पादनमा अग्रणी मंगलम उद्योग |
निर्माण सामग्रीको लागि नेपालमै अग्रणी उत्पादकबन्ने उद्धेश्य सहित सन् २००९ मामंगलम उद्योगको स्थापना भएको थियो। मंगलम पाइप्सले नेपालमा CPVC पाइपिङ प्रणालीको अग्रगामीको रूपमा २०११ मा CPVC पाइप र फिटिङ्सको निर्माण गरेर आफ्नो सञ्चालन सुरु गरेको थियो। त्यसयता कम्पनीले Ultraflow PVC एग्रीकल्चर प्रेसर पाइपिङ सिस्टम, Prodrain SWR PVC पाइपिङ सिस्टम Aquapro UPVC सिस्टम, , Borewell पाइप्स, वायरसेफ इलेक्ट्रिकल कन्ड्युट सिस्टम, HDPE वाटर सप्लाइ पाइपिङ सिस्टमका लागि आफ्नो उत्पादन दायरा बढाउने प्रयास गरिरहेको छ।
सबैभन्दा ठुलो पुर्वाधार लगानी भएको मंगलमले शुरुवात देखि नै नेपाली बजारमा अन्तरराष्ट्रिय गुणस्तरको उत्पादनहरु प्रदान गर्दै आएको छ। पुरानो कारखाना सिद्धार्थनगर भैरहवामा अवस्थित भएता पनि उत्पा
अत्याधुनिक र सुविधा सम्पन्न उपकरणहरु रहेको यो उद्योग पुर्णतया बिजुलीबाट चल्नुको साथै उत्पादनको प्रक्रियामा निस्किने अन्य पदार्थहरु उद्योगभित्रै पुनःप्रयोग हुने हुनाले ध्वनी र अन्य वातावरणीय प्रदूषण निकै कम हुन्छ । साथै यो उद्योगमा सम्पूर्ण भवनको तापक्रम समान कायम गरिएको छ जसले गर्दा कामदारहरुलाई काम गर्न सहज भएको छ। यसमा एउटै युनिटबाट CPVC, PVC, HDPE, वायरसेफ र अन्य पाइपहरू उत्पादन हुन्छ। ISO 9001M2000 गुणस्तर प्रमाणित यो कम्पनी उच्च गुणस्तरीय उत्पादनहरू निर्माण र वितरण गर्न प्रभावकारी व्यवस्थापन प्रणाली र गुणस्तर नियन्त्रणमा गर्व गर्छ।
ब्यवसायी र प्रयोगकर्ता दुवैको विश्वास जित्न सफल मंगलम उद्योगको गुणस्तरप्रति अटुट प्रतिबद्धता रहेको छ। प्लम्बिङ, ड्रेनेज, खानेपानी, कृषि र विद्युतीय पाइपहरू र पानी ट्यांकीहरुका लागि एउटै छानामुनि समाधान उपलब्ध गराउने नेपालका केही कम्पनीहरूमध्ये मंगलम एक हो । नेपाली उपभोक्ताहरुको आवश्यकता अनुसार उच्च स्तरिय उत्पादनहरु बजारमा उपलब्ध गराउदै जाने कम्पनीको लक्ष्य रहेको छ।