महिला सहयात्रा माइक्रोफाइनान्सको मुनाफा दोब्बरले बढयो |

काठमाडौं । महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको पहिलो त्रैमासमा खुद मुनाफा गत वर्षको तुलनामा ९९ दशमलव ९६ प्रतिशतले वृद्धि गरेको छ । सस्थाले पहिलो त्रैमासमा ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत वर्षको तुलनाभन्दा ९९ दशमलव ९६ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा २५ लाख रुपैयाँ पुगेको थियो ।
१२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी भएको महिला सहयात्रा माईक्रोफाइनान्सले जगेडाकोषमा ३ करोड २३ लाख रुपैयाँ छुटाएको छ । बैंकले निक्षेपमा १८ करोड ४ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा ८९ करोड ९३ लाख रुपैयाँ लगानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनाभन्दा ७३ दशमलव ५५ प्रतिशतले वृद्धि गरेको हो ।
लघुवित्तको खुद व्याज आम्दानीमा २३ दशमलव ०७ प्रतिशतले बढेर १ करोड ६८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १६६ दशमलव ६६ प्रतिशतले बढेर ५६ लाख रुपैयाँ पुगेको छ ।
महिला सहयात्रा माईक्रोफाइनान्सको निष्कृय कर्जा २ दशमलव ४१ प्रतिशत, जोखिम युक्त सम्पत्ति १६ दशमलव ७५ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १६ दशलमव ९० रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३६ दशलमव २६ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २७ रुपैयाँ र तरलता अनुपात ३२ प्रतिशत रहेको छ ।