जेठमा पनि बैंकको ब्याज दर नबढ्ने |
काठमाडौं । वाणिज्य बैंकले जेठ महिनामा पनि ब्याजदर नबढाउने भएका छन् ।
नेपाल बैकर्स संघको बैठकले जेठ महिनामा ब्याजदर नबढाउन सुझाव दिएको संघका प्रमुख कार्यकारी अधिकृत अनिल अधिकारीले बताए ।
केही दिन अगाडि एक सार्वजनिक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी दिनम अझै व्याज दर वृद्धि हुने र त्यसको लागि तयारी अवस्थामा रहन भनेका थिए ।
वाणिज्य बैंकले एक वर्षको मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिनेछन् । वाणिज्य बैंकले ब्याजदर नबढाउने भए पछि विकास बैंक र फाइनान्स कम्पनीले पनि व्याज दर बढाउने छैन । वाणिज्यब बैंकले बढाउँदा भने बाध्य भएर विकास बैंक र फाइनान्सले व्याज दर बढाउनै पर्ने अवस्था आउने एक फाइनान्स कम्पनीका सीइओले बताए ।