सांग्रिलाको ५३ प्रतिशतले नाफा घट्यो |
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा सांग्रिला डेभलपमेण्ट बैंकले एक करोड ९२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ५३ प्रतिशतले घटेको छ । गतबर्षको पहिलो त्रैमासमा बैंकले ४ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कर्मचारी खर्च, अन्य सञ्चालन खर्च साथै जोखिम व्यवस्थापनमा धेरै रकम छुट्याउदा बैंकको नाफामा कटौती भएको हो ।
बैंकले कर्मचारी खर्चमा ५ करोड ९४ लाख रुपैयाँ, अन्य संचालन खर्च ५ करोड ५४ लाख रुपैयाँ साथै सम्भावित जोखिम व्यवस्थापनमा ९ करोड ७ लाख रुपैयाँ खर्चिएको छ । बैंकको नाफा घट्दा बैंकको प्रतिशेयर आम्दानी खस्किएको छ । गत वर्ष १२ रुपैयाँ ९ पैसा रहेको प्रतिशेयर आम्दानी झरेर ३ रुपैयाँमा झरेको छ ।
चुक्ता पूँजी दुई अर्ब ५० करोड ६३ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ६४ करोड ४ लाख रुपैयाँ सञ्चित छ । असोज मसान्तमा १६ अर्ब ७४ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १५ अर्ब ६ करोड २२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
यस त्रैमासमा बैंकले १९ करोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले गत बर्षको यसै अवधिको तुलनामा खुद ब्याज आम्दानी ३६.५० प्रतिशतले बढेको हो । तर कार्यालय व्यवस्थापन खर्च बढाउदा बैंकको नाफा संकुचित भएको छ ।
बैंकमा निष्कृय कर्जा २.४० प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८ पैसा मात्र छ ।