किन एसएमएसभन्दा बिजनेस मेसेजहरू उत्तम हुन्छन् ? |
काठमाडौं । २०२१ को ‘डाटा रिपोर्टल’ अनुसन्धान अनुसार, संसारमा ५.२ बिलियनभन्दा बढी मानिसहरूले मोबाइल फोनको प्रयोग गर्छन् ।
यो विश्व जनसङ्ख्याको लगभग दुई तिहाइ अंश हो । मार्केटरहरूका लागि मेसेज प्रस्ट छ — आफ्ना ग्राहकहरूसम्म उनीहरूकै फोनमार्फत् पुग्नुहोस् ।’ राकुटेन भाइबरका सिनियर पार्टनरसिप अकाउण्ट डाइरेक्टर नोवा बार-शे यसका उपायहरू बताउँछन् ।
समयसमयमा जुनै पनि बिजनेसले आफ्ना सेवाग्राहीहरूलाई जानकारी पठाइरहनु पर्छ । उदाहरणका लागि विशेष अफर, उनीहरूको स्टेटस अर्डरमा आएको परिवर्तन वा डेलिभरीजस्ता प्रसंगबारे जानकार गराउनका निम्ति सूचनाहरू प्रसारण गर्नुपर्दछ । यसका साथै आफ्नो व्यवसायलाई फाइदा पुर्याउँदै सेवाग्राहीहरूसँग जानकारीमूलक कम्यूनिकेशन निर्माण गर्नु हरेक बिजेनसका लागि चुनौतीको विषय हो । जबकि एसएमएस र ईमेल जस्ता परम्परागत शैलीहरूले सेवाग्राहीहरूको ध्यान आकर्षित नगर्न सक्छन् । ग्राहक-आधारित व्यवसायहरूले ग्राहकहरूसँगको कम्यूनिकेशनमा सुधार ल्याउनका लागि आफ्ना ग्राहकहरूले बढी प्रयोग गर्ने मेसेजिङ एप प्रयोग गर्न सक्छन् ।
पछिल्लो वर्षहरूमा आफ्ना ग्राहकहरूसँग नजिक भएर उनीहरूलाई अनुकूल पर्ने समयमा कम्यूनिकेट गर्ने चलनको विकास भएको छ । आफूले अधिकांश समय बिताउने एपमा प्रयोगकर्ताहरू आफ्ना सबै सामाञ्जस्यता गर्न रुचाउँछन् । एक्ससेन्चुयर अनुसन्धानको अनुसार ८१ प्रतिशत मानिसहरू आफूले रुचाएको कम्युनिकेशन च्यानलमार्फत् कम्यूनिकेट गर्ने ब्राण्डहरूप्रति बढी इमान्दार रहेको पाइएको छ ।
कुराकानी सुरु गर्ने देखि अन्त्य गर्ने अवसर, ब्राण्डसँगको समस्याहरू च्याटमार्फत् समाधान गर्ने र आफ्ना निश्चित रुचिहरूलाई लक्षित गरिएको योजनाबारे सान्दर्भिक जानकारीहरू पाउने —विषयहरूमा व्यवसायहरूसँग गरिने अन्तरक्रियामा प्रयोगकर्ताहरू आफ्नो नियन्त्रण चाहन्छन् ।
बिजनेस मेसेज ब्राण्डहरूका लागि सापेक्षिक रूपमा संचारको नयाँ उपाय र विस्तृत फिचरहरूका साथ विकसित एसएमएसको प्रारुप हो । एसएमएस मार्केटिङको प्रारम्भिक दिनहरूमा ‘बल्क मेसेजिङ’ प्रभावकारी हुन्थ्यो तर आजको दिनमा सोही कुरा प्रभावकारी नहुनसक्छ । ग्राहकहरूले हजारौँ ब्राण्डहरूमा, उनीहरूसँग सजिलै कम्यूनिकेट गर्ने र सल्लाह-सुझाब लिने ब्राण्डनै रुचाउछन । आफ्ना व्यवसायलाई अझ फाइदा पुर्याउने उद्देश्यका साथ क्रमशः एपहरूमा बिजनेस मेसेजिङहरूले सेवाग्राहीहरूसँग एकतर्फीय कम्यूनिकेशन बाट दुई तर्फीय कुराकानी गर्न मिल्ने च्यानलको विकास गरिरहेका छन् ।
किन बिजनेस मेसेजहरूलाई व्यवसायहरूले ध्यान दिनुपर्छ?
विश्वका हजारौँ ब्राण्डहरूले ‘पर्सनलाइज्ड मेसेजिङ’को आवश्यक्ता बुझेर आफ्ना ग्राहकहरूसँग मेसेजिङ एपमार्फत् कम्यूनिकेट गर्न मन पराउछन् । बिजनेस मेसेज, बैंक, खुद्रा व्यापारी, डेलिभरी सर्भिस र विभिन्न उद्योगका व्यवसायीहरूले प्रयोग गर्न सक्छन् ।
ब्रान्डहरूले ग्राहकहरूलाई उनीहरूको बिजनेस मेसेजहरूमा विश्वास गर्न सक्छन् भनेर देखाउनुपर्छ। उदाहरणका लागि, अनलाइन अर्डर गर्ने वा लोयलटी फर्म भरेको मानिसहरू जसले ब्राण्डबाट नोटिफिकेशन बुझ्ने/ रिसिभ गर्ने अनुमती दिएकालाई मात्र भाइबरमा कम्पनीको क्लाइन्ट बेसबाट बिजनेस मेसेज पठाइन्छ । यसका साथै, प्रयोगकर्ताहरूले ब्राण्डको सत्यताबारे सजिलै चेक गर्नु सक्छन् —आधिकारिक बिजनेस अकाउण्टको नामको छेउमा नीलो चिन्ह हुन्छ, जसले उक्त अकाउण्ट भाइबर टीमद्वारा प्रमाणित अकाउण्ट हो भन्ने जनाउँदछ ।
आधिकारिक बिजनेस अकाउण्टले कम्पनीको लोगो, ठेगाना र फोन नम्बर जस्ता कम्पनीको जानकारीहरू समावेश गरेको हुन सक्छ । त्यसबाहेक, ग्राहकले कम्पनीको तर्फबाट आएको पहिलो मेसेजमा मेसेजको उद्देश्य, पठाउनेको नाम र यसलाई खोल्न पहिले नै मेसेजको प्रसङ्ग र मेसेजको शिरमा ’पप-अप वीइन्डो’ देख्न सक्नेछ ।
सुविधाजनक ब्राण्ड प्रमाणिकरण बाहेक, भाइबरले व्यवसाय र प्रयोगकर्ताहरूलाई निजी च्याट र कलहरूको एण्ड-टू-एण्ड इन्क्रिप्सन, साथै बिजनेस मेसेजहरूका लागि ट्रान्जिटमा इन्क्रिप्सनद्वारा सुरक्षित कम्यूनिकेशन प्रदान गर्दछ। साथै भाइबरले सर्भरमा मेसेज स्टोर गर्दैन र सुरक्षित एचटीटीपी कनेक्शन मात्र प्रयोग गर्छ ।
बिजनेस मेसेजका फाइदाहरू
नियमीत एसएमएसको विपरित बजिनेस मेसेजहरू स्थानीय, सुरक्षित र ब्राण्ड कम्यूनिकेशनको द्विपक्षीय तरिका मात्र नभएर तिनीहरू प्रभावकारी, विश्लेषणात्मक उपकरणहरूको विस्तृत सेटको साथै मित्वययी च्यानल पनि हुन् ।
– अन्तक्रियात्मक
एसएमएस १६० अक्षरसम्मका मात्र छोटो लेख हो क कहिलेकाही बिजनेस मेसेज धेरै अन्तक्रियात्मक हुन्छन् । भाइबर बिजनेस मेसेजहरूमा १००० अक्षरसम्मको टेक्स्ट , तस्विरहरू, लिङ्क, र निर्देशनहरू, वारेन्टी कार्डहरू, आदिसहित विभिन्न प्रकारका फाइलहरू समावेश गर्न सकिन्छ । उदाहरणका लागि, एउटै च्याटमा कम्पनीहरूले ग्राहकहरूलाई इनभ्वाइसहरू पठाउन सक्छन्, अर्डरका सर्तहरू छलफल गर्न सक्छन्, र ग्राहकका प्रश्नहरू समाधान गर्न सक्छन्, तिनीहरूबाट तस्बिर वा भिडियोहरू प्राप्त गर्न सक्छन् ।
– अपटिमाइज्ड बजेट
एसएमएसजस्तो नभइ, ब्राण्डहरूले डेलिभर गरिएका बिजनेस मेसेजहरूका लागि मात्र शुल्क भुक्तानी गर्छ । यसका अलवा, ब्राण्डहरूले डेलिभर हुन अधिकतम समय लागी रद्द हुने वा अर्को च्यानलमा रिडिरेक्ट हुनु अघि टीटीएल (टाइम टू लिभ) सेट गरेर समय-संवेदनशील मेसेजहरू डेलिभर गर्न सक्छन् र आफ्नो बजेट बचत गर्न सक्छन् । भाइबरमा टीटीएलको साथ, सीमित समय सीमामा ग्राहकमा नपुगेको मेसेजका लागि कम्पनीले शुल्क भुक्तानी गर्नु पर्दैन ।
– एसएमएस फल्ब्याक
यदी तपाईँको ग्राहकसँग ईन्टरनेट पहुँच वा भाइबर एप इन्स्टल गरिएको छैन भने पनि एसएमएस फल्ब्याकमार्फत् उनीहरूले महत्वपूर्ण र आकस्मिक मेसेजहरू पाउन सक्नेछन् ।
– रियल- टाइम एनलाइटिक्स्
कम्पनीहरूले वास्तविक समयमा भाइबरमा बिजनेस मेसेजहरूसँग ग्राहक अन्तरक्रियाको रिपोर्ट पहुँच गर्न सक्छन्। तिनीहरूले मेसेज डेलिभर, प्राप्त, वा असफल भएको, खुलिएको र क्लिक दरहरू पहुँच गर्न, र सोहीअनुसार तिनीहरूको मार्केटिङ रणनीति समायोजन गर्न सक्नेछन् ।
– सिआरएमसँग अन्तरक्रिया
ब्राण्डहरूले ग्राहकहरूसँगको अन्तरक्रियाको इतिहास सेभ गर्न, उनीहरूको व्यवहारको विश्लेषण गर्न र तिनीहरूलाई उपयोगी र सान्दर्भिक व्यक्तिगत मेसेजहरू पठाउनका लागि सजिलैसँग आफ्नो सिआरएम प्रणालीलाई भाइबरसँग एकीकृत गर्न सक्छन्।