महालक्ष्मी विकास बैंककाे नेपालगन्ज शाखा स्थान्तान्तरण |
काठमाडौं । महालक्ष्मी विकास बैंकको नेपालगन्ज शाखा हाल रहेको स्थान नेपालगन्ज उपमहानगरपालिका वडा नं.१२ सुर्खेत रोडबाट वडा नं. ०२, पुष्पलाल चोकमा स्थानान्तरण भएको छ । मंगलबार आयाेजित एक विशेष कार्यक्रमका बीच उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा नेपाल राष्ट्र बैंक, नेपालगन्ज शाखाका कार्यालय प्रमुख निभा श्रेष्ठ, महालक्ष्मी विकास बैंकका सञ्चालक दिपक रौनियारले गरे ।
शाखाको उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको बैंकले जनाएको छ । बैँकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले समारोहमा बैंकले गर्दै आएको विभिन्न गतिविधिहरु बारे प्रकाश पारे ।
यस शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरेट व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकको रहेको छ ।