एनएबी इन्जिनियरिङले जित्यो टिभिएसको बेस्ट डेब्यु डिलर अवार्ड |
काठमाडौं । टिभिएसको लिडर्स मिट सम्पन्न भएको छ। शनिबार सम्पन्न उक्त अवसरमा टिभिएसक डिललहरुमध्ये ललितपुरको बालकुमारस्थित विगत सात महिना अघि सुरुभएको एन.ए.बी इन्जिनियरिङ प्रा.लि.ले बेस्ट डेब्यु डिलर अवार्ड प्राप्त गरको छ ।
टिभिएसका लागि नेपालकै एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटरर्सको आयोजनामा शनिबार र आइतबार सम्पन्न लिडर्स मिटको आयोजना गरेको थियो । उक्त अवसरमा जगदम्बा मोटर्सका प्रवन्ध निर्देशक अखिल अग्रवालले एन.ए.बी इन्जिनियरिङका सञ्जालक सबिल खान र आश्रय बराललाई बेस्ट डब्यु अवार्ड प्रदान गरे ।
पच्चिस वर्षिय युवा व्यावसीहरूले सुरु गरेको यस डिलरलाई प्रोत्साहन गर्न टिभिएस मोटर्स इन्डीयाका भाइस प्रेसिडेन्ड राहुल नायकसहित जगदम्बा मोटर्सका प्रवन्ध निर्देशक अखिल गुप्ता, प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवाल, र भाइस प्रेसिडेन्ट दीपक रौनियार सहितको सात जना टोलीले उक्त शोरुम र वर्कसपको समेत अवलोकन गरेको थियो । उनीहरूले उक्त डिलरअन्तर्गत रहेको शो रुम र सर्भिस सेन्टरको प्रशंशा पनि गरेका थिए ।
अवार्डसहितको प्रसंशाले एन.ए.बी इन्जिनियरिङले प्रतिस्पर्धात्मक बजारमा सदैव नं। १ बन्ने प्रेरणासमेत लिएको सञ्जालक खानको भनाइ छ।