फोन पेको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त |
काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोन पे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त भएका छन् । फोन पेको सञ्चालक समितिले बुधबारदेखि लागू हुने गरी सापकोटालाई सिइओको रुपमा नियुक्त गरेको हो ।
सापकोटा फोन पेमै एसिस्टेन्ट सिइओका रुपमा कार्यरत थिए । सापकोटाले फोन पेमा सुरुमा प्रमुख टेक्नोलोजी अफिसरका रुपमा काम सेवा गरेका थिए । उनी यसअघि नेपाल क्लियरिङ्क हाउसमा आबद्ध थिए ।
आइटीदेखि व्यवस्थापनमा भएको सापकोटाको अनुभव तथा विज्ञताले फोन पेलाई अझ धेरै उचाइमा पुर्याउने विश्वास लिइएको छ । फोन पे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनमार्फत अन्तर बैंक फण्ड ट्रान्स्फर, हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ ।