प्रयोगकर्ताको सेक्युरिटीलाई थप बलियो बनाउदै भाइबरले सुरु गर्यो ‘टू स्टेप भेरिफिकेसन’ |
काठमाडौं । सुरक्षित मेसेजिङ र भ्वाइस बेस्ड कम्यूनिकेसनमा विश्वकै अग्र श्रेणीमा रहन सफल राकुटेन भाइबरले आफ्नो सबैभन्दा नयाँ फिचर ‘टू स्टेप भेरिफिकेसन’को आधिकारिक रुपमा सुरुवात गरेको छ । ईमेल र पिन कोडको प्रयोग गर्दै सुरक्षाको यस अतिरिक्त सुविधाले प्रयोगकर्ताहरूलाई आफ्नो भाइबर अकाउण्ट प्रमाणित गर्न सहयोग पुर्याउने गरेको छ ।
सुरक्षा र गोपनीयताको सुनिश्चितता प्रदान गर्ने प्रतिबद्धताका साथ यस्ता नयाँ फिचरहरूमा भाइबरले निरन्तर रुपमा काम गरिरहेको छ । आफ्नो डाटा पहुँचबाट तेस्रो पार्टीलाई एलिमिनेट गर्दै पहिल्यैदेखि भाइबरको मेसेजिङ “एण्ड(टू(एण्ड एन्क्रिप्टेड” छ, र “डिसअपियरिङ मेसेज” फिचरले प्रयोगकर्ताहरूलाई कस(कसले आफ्नो मेसेज देखोस् भन्ने कुरा थप नियन्त्रण प्रदान गर्दछ । यस नयाँ ‘टू(स्टेप भेरिफिकेसन’ फिचर गोपनीयताका लागि भाइबरले गरिरहेको अविचलित समर्थनको बलियो प्रमाण हो र यसले प्रयोगकर्ताहरूलाई भाइबरमा कम्यूनिकेट गरिरहेको बेला थप सुरक्षाको सुनिश्चितता प्रदान गर्दछ ।
यस ‘टू स्टेप भेरिफिकेसन’ फिचर ‘इनेबल’ गर्न चाहानु हुने प्रयोगकर्ताहरूले ६ सङ्ख्याको ‘पिन नम्बर’ बनाउनु पर्दछ र आफ्नो ईमेल ठेगाना प्रमाणित गर्नु पर्नेछ । मोबाइल फोन वा डेस्कटपमा भाइबर “लग इन” गर्नका निम्ति प्रयोगकर्ताले आफ्नो “पिन कोड” भाइबरलाई उपलब्ध गराएर प्रमाणित गर्नु पर्नेछ । “कोड” बिर्सिएको खण्डमा प्रयोगकर्तालाई आफ्नो अकाउण्टमा प्रवेश अनुमती दिनका लागि प्रमाणित ईमेल ठेगाना प्रयोग गरिने छ ।
“पिन कोड” को विशेषता भनेको “डेस्कटप भाइबर” प्रयोग गरिरहेको अवस्थामा भाइबर “डिएक्टिभेट” गर्न सकिदैन । जसको फाइदा भनेको यदि कसैले डेस्कटप मार्फत तपाईँको भाइबर अकाउण्ट ‘डिएक्टिभेट’ गर्न खोजिरहेको छ भने त्यस्ता प्रयासहरूलाई विफल पार्नु हो । “पिन कोड” उपलब्ध गराइएको खण्डमा मात्र डेस्क्टपबाट भाइबर अकाउण्ट डिएक्टिभेट गर्न सकिन्छ ।
भाइबरको नयाँ फिचरले प्रयोगकर्ताहरूलाई आफ्ना अकाउण्टको गोपनीयता सुनिश्चित गर्न थप सुरक्षाका उपायहरू लागू गर्ने अवसर प्रदान गर्दछ । ‘टू स्टेप भेरिफिकेसन’ ले व्यक्तिगत जानकारी हासिल गर्न वा अकाउण्टमार्फत ‘स्प्याम’ पठाउनका निम्ति दुरुपयोग गर्ने ह्याकरहरु विरूद्ध सुरक्षा प्रदान गर्छ । प्रमाणित नभएका अकाउण्टहरू कम गर्दा “स्पाम मेसेज”का सङ्ख्याहरू कम मात्र नभएर यसले भाइबर एपलाई थप स्थिर बनाउँदछ जसले गर्दा प्रयोगकर्ताहरू विश्वभरमा रहेका आफ्ना नजिकका व्यक्तिहरूसँग अझ प्रभाकारी रुपमा क्म्यूनिकेट गर्न सक्नेछन् । यसका साथै, निकट भविष्यमा ल्याउने हिसाबले भाइबरले “बायोमेट्रिक अथेन्टिकेसन” मा पनि काम गरिरहेको छ ।
“भाइबर प्रयोगकर्ताहरूको गोपनीयता हाम्रा लागि सदैव प्राथमिक विषय रहिआएको छ । भाइबरलाई ‘एण्ड टू एण्ड एन्क्रिप्टेड’ मेसेजिङ एप बनाउन हामी प्रतिबद्ध छौँ र यस नवीन फिचरले हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ ।” राकुटेन भाइबरका लागि प्रमुख सूचना अधिकृत अमिर इस शालोमले भने । “टू(स्टेप भेरिफिकेसन”ले सुरक्षा र गोपनीयतालाई लिएर हाम्रा प्रयोगकर्ताहरूले गर्ने चिन्ताहरूलाई किनारा मात्र नलगाई व्यवसायीहरूलाई पनि आश्वासन प्रदान गर्नेछ, आफ्ना प्रयोगकर्ताहरूलाई सुरक्षित प्रत्याभूत गराउँनका निम्ति भाइबरले नवीनतम प्रविधि प्रदान गरिरहेको छ ।” विश्वव्यापी रुपमा सुरु गर्न यस “टू(स्टेप भेरिफिकेसन” फिचर हाल युरोपको केही सिमित क्षेत्रहरूमा मात्र सुरु गरिएको छ ।