कामना सेवा विकास बैंकको आठौँ शाखारहित बैंकिङ्ग सेवा |
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडल बिहीबारबाट लमजुङ जिल्लाको मध्यनेपाल न.पा. वडा नंं २ सोतीपसलमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । त्यहाँ रहेको पौडेल इलेक्ट्रिक पसलका लक्ष्मण पौडेललाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको हो ।
कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारी, वडा नं. १ का वडा अध्यक्ष चन्द्रमणि पौडेल तथा वडा नं। २ का वडा अध्यक्ष पदमबहादुर थापाले संयुक्त रूपमा उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।
Visited 1 times, 1 visit(s) today