ग्लोबल आइएमई र एसियन लाइफबीच बैंकस्योरेन्स सम्झौता |
काठमाडौं । ग्लोबल आइएमई बैंक र एसियन लाइफ इन्सुरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापछि अब ग्लोबल आइएमई बैंकका १३२ वटै शाखाहरु मार्फत एसियन लाइफ इन्सुरेन्सको जीवन बिमा योजनाहरु खरिद गर्न सकिने छ ।
साथै, जीवन बिमा सम्बन्धी सम्पूर्ण सेवा छिटो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र एसियन लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
ग्लोबल आइएमईले सबै क्षेत्र र वर्गसम्म बैंकिङ पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित मार्फत आफ्ना ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।