काठमाडौंको जोरपाटी माकलवारीमा सेञ्चुरी बैंकको नयाँ शाखा |
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले गोकर्णेश्र नगरपालिका वडा नं. ८ जोरपाटी माकलवारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य मनबहादुर राईले माकलवारी शाखाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् ।
उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक प्रा.डा. गीताप्रधान, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीय बासीहरुको उपस्थिति रहेको थियो । माकलवारी शाखा संचालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २७ पुगेको छ ।
बैंकले २०७८ चैत्र मसान्तसम्ममा ९२ अर्ब ९६ करोड निक्षेप संकलन रकर्जा, ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुदमुनाफा आर्जन गर्न सफल भएको जनाएको छ । उक्त मुनाफा गत वर्षको सोहीअवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो । बैंक पहिलो पटक खुदमुनाफा १ अर्ब कटाउन सफल भएको छ ।