स्टान्डर्ड चार्टर्ड बैंकको नाफा ३७.६१% ले बढ्यो |
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफालगायतको प्रमुख सूचक बढेको छ । बैंकको खुद नाफा ३७.६१% ले बढेर १ अर्ब ६२ करोड ८७ लाख ७४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब १८ करोड ३६ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो ।
खुद ब्याज आम्दानी ३४.८३% ले बढेर २ अर्ब ४७ करोड १० लाख ६५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ८३ करोड २७ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । सञ्चालन नाफा ३७.५४% ले बढेर २ अर्ब ३३ करोड २८ लाख ८० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले १ अर्ब ६९ करोड ६१ लाख ८५ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
चैत मसान्तसम्म आइपु्ग्दा स्टान्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६२ पैसाले बढेर २३ रुपैयाँ ०३ पैसा पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४१ पैसा थियो । प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ८६ पैसा छ ।