ग्लोबल आइएमई बैंकको नाफा सामान्य बढ्यो |
काठमाडौं । ग्लोबल आइएमई बैंकको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ४.१३% ले बढेर ३ अर्ब ७२ करोड ६२ लाख १२ हजार रुपैयाँ पुगेको छ ।
गत वर्षको यसैअवधिमा भने ३ अर्ब ५७ करोड ८२ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको थियो । यता, वितरणयोग्य नाफा चैत मसान्तसम्म १ अर्ब ९१ करोड ९१ लाख १४ हजार रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्म आइपुग्ग्दा ग्लोबलको खुद ब्याज आम्दानी भने ८.२९% र सञ्चालन नाफा २.७३% ले बढेको छ । यसको निक्षेप संकलन र कर्जा लगानी पनि क्रमशः ०.२४% र १३.८०% ले बढेको छ । खुद नाफामा सामान्य सुधार भएपनि चुक्ता पुँजी १०% ले बढेका कारण प्रतिसेयर आम्दानी दबाबमा परेको छ । गत वर्षको तुलनामा प्रतिसेयर आम्दानी १ रुपैयाँ ४७ पैसाले घटेर अहिले २० रुपैयाँ ८८ पैसामा झरेको छ ।