माछापुच्छ्रे बैंकको नाफा २०.२४% ले बढ्यो |
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा माछापुच्छ्रे बैंकको खुद नाफा २०.२४% ले बढेर १ अर्ब ५५ करोड १७ लाख ७२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब २९ करोड ६ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो ।
खुद ब्याज आम्दानी १३.९०% ले बढेर ३ अर्ब ६० करोड २८ लाख ६६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ अर्ब १८ करोड ३१ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा १४.३२% ले बढेर २ अर्ब २२ करोड ३२ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्म आइपुग्दा माछापुच्छ्रे बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३९ पैसाले बढेर २० रुपैयाँ १७ पैसा पुगेको छ । प्रतिसेयर आम्दानी १३९ रुपैयाँ ७० पैसा छ । खराब कर्जा ०.८७% छ ।