उदयपुरको घुर्मीमा बजाजको नयाँ शोरूम | स्पेयर पार्ट्सका साथै विक्रीपछिको सुविधा पनि उपलब्ध

काठमाडौं । उदयपुरको कटारी नगरपालिका– १४, घुर्मी बजारमा बजाजको नयाँ शोरूम सञ्चालनमा आएको छ । ‘निर्मल इण्टरप्राइजेज’ नामबाट सञ्चालनमा आएको उक्त शोरूम स्थानीय व्यापारी निर्मल पोखरेलले सञ्चालनमा ल्याएका हुन् ।
ओखलढुंगा, खोटाङ, सिन्धुली र उदयपुर जिल्लाको केन्द्रबिन्दु मानिने घुर्मी बजारमा सञ्चालनमा आएको उक्त मोटरसाइकल शोरूम सो क्षेत्रमै पहिलो भएको सञ्चालक पोखरेलको दाबी छ । उक्त शोरूम सञ्चालनमा आएपछि बजाज कम्पनीका मोटरसाइकल किन्न चाहने ग्राहकहरूलाई धेरै सहज भएको कम्पनीले बताएको छ । यसअघि उक्त क्षेत्रका ग्राहकहरू मोटरसाइकल किन्न कि त कटारी कि मिर्चैयासम्म पुग्नुपर्ने बाध्यता रहेको थियो । अब उक्त बाध्यता हटेको सञ्चालक पोखरेलको विश्वास छ ।

बजाज कम्पनीको शोरूम सञ्चालनमा आएसँगै विभिन्न मोडलका झण्डै ३० वटा पल्सर विक्री भइसकेको पनि सञ्चालक पाखरेलले जानकारी दिए । शोरूम उद्घाटनका अवसरमा आफूले विभिन्न आफरहरू उपलब्ध गराएकाले आफ्नो शोरूमबाट मोटरसाइकल किन्ने ग्राहकहरू सन्तुष्ट रहेको उनले बताए ।
उक्त शोरूमबाट मोटरसाइकल किन्दा विभिन्न सुविधाहरूसमेत उपलब्ध गराइएको बताइएको छ । शोरूमले मोटरसाइकल खरिदपछिको दिइने सम्पूर्ण सुविधा उपलब्ध गराउनुका साथै स्पेयर पार्ट्ससमेत उपलब्ध गराइरहेको सञ्चालक पोखरेलले जानकारी दिए ।
