नेपाल वायुसेवाले बैशाख ९ बाट रियाद उडान गर्ने |
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले बैशाख ९ गतेदेखि रियाद उडान गर्ने भएको छ । साउदी अरेबियाको राजधानी तथा ‘ग्लोबल सिटी’को रुपमा स्थापित रियादमा आफनो नियमित तथा व्यवसायिक उडान प्रारम्भ हुन लागेको हो ।
साउदी अरेबियामा धेरै नेपालीहरु वैदेशिक रोजगारको सिलसिलामा पुग्ने गरेका छन् भने यो देशका विश्वको ठूलो तेल निर्यातक राष्ट्र हो । निगमले अप्रिल र मे महिनाको लागि १० वटा उडान तालिका समेत प्रकाशित गरिसकेको छ । गिमनका अनुसार आर २१९१ बाट पहिलो उडान बैशाख ९ गते अर्थात अप्रिल २२ को दिन सवा ६ बजे रियादतर्फ प्रस्थान गर्नेछ । सो उडान बैशाख १० गते आरए २१९२ उडानमार्फत काठमाडौं फर्कने तालिका रहेको छ ।
निगमको उडान तालिका अनुसार अप्रिल २४, २७, मे को ३, ६, १०, १३, १७, २४ र ३१ तारिखमा रियाद उडान तय भएको छ भने रियाद काठमाडौ उडान भने काठमाडौंबाट उडेको भोलिपल्ट मात्रै हुने निगमनको उडान तालिकामा छ ।