सानिमा बैंकको ʽथ्रि इन वान एकाउन्टʼ सेवा शुरु, अब घरबाटै शेयर कारोबार गर्न मिल्ने |
काठमाडौं । सानिमा बैंकले ʽथ्रि इन वान एकाउन्टʼ सेवा शुरु गरको छ । यो सेवा शुरु गरे पछि बैंकको शेयर कारोबारघरैबाट गर्न सकिने भएको छ । बैंकले नेपालमै पहिलो पटक यस्तो सेवा ल्याएको दाबी गरेको छ ।
यो सेवा अन्र्तगत ग्राहकहरुले आफ्नो घर, कार्यालय वा संसारको कुनै पनि स्थानबाट अनलाइनमार्फत विना कुनै झन्झट शेयर कारोबार गर्न सक्ने छन् । शेयर कारोबारको रकम राफसाफ गर्नको लागि बैंक वा ब्रोकर कार्यालय धाउनु नपर्ने विज्ञप्तिमा उल्लेख छ । यो सेवा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा प्रदान गर्नेछ ।
यसका लागि सानिमा क्यापिटलले शेयर ब्रोकर कम्पनीहरुसँग थप सहकार्य गरेको छ । सम्पुर्ण व्यक्तिगत ग्राहकहरुले यो सुविधा प्राप्त गर्न सक्ने छन्। ।