क्यानडाको एडमन्टनमा सत्य−स्वरुप आचार्य साँझ हुने |

क्यानडा । सत्य−स्वरुव आचार्य साँझ २०१८ आयोजना हुने भएको छ । कार्यक्रम क्यानडाको अल्वर्टा राज्यको राजधानी एडमन्टनस्थित सेन्ट्रल लायन्स रिक्रिएशन सेन्टरमा यही नोभेम्वर १८ आइतबार साँझ हुने भएको हो । वरिष्ठ गायक तथा संगीतकार एवंम भजन शिरोमणि भक्तराज आचार्यको सम्मानमा स्थानीय कलाकारहरुको समूह सङ्गीत मझेरी एडमन्टनले कार्यक्रम गर्न लागेको हो । कार्यक्रमको संयोजन इश्वर खत्रीले गरेका छन् । कार्यक्रमको तयारी तव्ररुपमा भइरहेको बताइएको छ ।
कार्यक्रममा स्थानीय संस्था सङ्गीत मझेरीले शुर सम्राट भजन शिरोमणि भक्तराज आचार्यलाईलाई प्रमाणपत्रका साथै नगद क्यानडीयन डलर ५०० बाट सम्मान गर्ने कार्यक्रम रहेको छ । नगद भक्तराज आचार्य प्रतिष्ठानलाई हस्तानतरण गरिने बताइएको छ ।
स्थानीय कालाकार मिलेर २०१६ मा संगीत मझेरी स्थापना भएको हो । यस संस्थाले स्थानीय स्तरमा विभिन्न साङ्गीतिक कायक्रम गर्दै आइरहेकोछ । हरेक महिना एउटा साङ्गीतिक कार्यक्रम गर्दै आइरहेको यो संस्थाले अहिलेसम्म ३३ वाटा सङ्गी शृङखला प्रस्तुत गरिसकेको छ ।
स्थानीय १२ जना कालाकारबाट शुरु भएको यो मझेरीमा अहिले १० जना कालाकार सक्रियरुपमा लागेका छन् । स्थानीयरुपमा विभिन्न कार्यक्रम गर्दै आएको यो संस्थाले नेपाली कलाकार झिकाइ नेपाली गीत सङ्गीतकै अग्रजलाई सम्मान गर्न लागेको भने पहिलो पटक हो ।