८ महिनामा शोधनान्तर घाटा २५८.६४ अर्ब |
काठमाडौं । नेपालको शोधनान्तर घाटा हरेक महिनाको बढेको बढयै भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको ८ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार नेपालको शोधनान्तर घाटा २ सय ५८ अर्ब ६४ करोड रुपियाँ पुगेको छ ।
चालु आर्थिक वर्षको शुरुवातदेखि नै दबाबमा रहेको बाह्य क्षेत्रको घाटा फागुनसम्म आइपुग्दा ११ सय ६० अर्र्ब भन्दा पनि नाघेको छ । आयातमा आधारित अर्थतन्त्र रहेको नेपालमा वैदेशिक लगानीमा पनि खासै वृद्धि नहु्नु्, रेमिट्यान्सले नै प्रमुख आयातलाई धानिरहेकोमा यसको वृद्धि दर पनि घटन थाल्नु र यही समयमा सरकारले विकास बजेट खर्च गर्न नसक्दा शोधभर्नाबापत् नेपाल भित्रिने रकम समेत नआउँदा बाह्य क्षेत्रमा चर्को दबाब परेको हो । पछिल्लो समय नेपालको आयात व्यापार खर्बौमा पुगिसकेको छ भने निर्यात व्यापार अझै पनि केही अर्ब रुपियाँमा सिमित छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष पहिलो श्रावण महिनामा ३८.७५ अर्ब रुपियाँले नकारात्मक रहेको शोधनान्तर घाटा भदौ ८३.४१ अर्ब पुगेको थियो । असोज महिनामा ७६.१३ अर्ब रुपियाँ पुगेपछि अब अर्थतन्त्र ट्रायकमा आएको हो भन्ने अड्कन गर्न नपाउँदै कार्तिक महिनाको तथ्यांक आउँदा शोधनान्तर स्थिति १५०.३८ अर्बले नकारात्मक भएको देखायो । मंसिर महिनाको तथ्यांकका सो घाटा बढेर १९५.०१ अर्ब पुगेपछि राष्ट्र बैंक केही विलासी वस्तुहरुको आयातको लागि एलसी खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने नीतिगत व्यवस्था गरेर आयात निरुत्साहित गर्न शुरु ग¥यो । करिब २० वटा हार्मोनिक कोड भएका ३ सय वस्तुलाई ५० देखि १ सय प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने नीति राष्ट्र बैैकले पुसको पहिलो सातातिर सार्वजनिक गरेर तुरुन्तै लागू गरेको हो । राष्ट्र बैंकको आयात निरुत्साहित गर्न एलसीमा शत प्रतिशत नगद मार्जिन राख्नुपर्ने नीतिको बाबजुद पनि पुस महिनाको तथ्यांक आउँदा शोधनान्तर घाटा बढेर २४१.२३ अर्ब पुग्यो । माघमा राष्ट्र बैंकले नगद मार्जिन शत प्रतिशत राखेर आयात गर्नुुपर्ने हार्मोनिक कोड भएको वस्तुको संख्या ४८ पु¥यायो । त्यस पछि माघको तथ्यांकले भने अहिले परिणाम दिन थालेको देखिएको छ । माघ महिनाको शोधनान्तर घाटा पुस महिनाभन्दा ५.८ अर्ब रुपियाँले मात्रै बढेर २४७.०३ अर्ब रुपियाँ पुगेको छ । राष्ट्र बैंकको आयात नियन्त्रण गर्न चालेको परिणामस्वरुप नै शोधनान्तर घाटा बढ्ने क्रममा ब्रेक लागेको जस्तो देखिए पनि फागुनको तथ्यांक आउँदा झन शोधनान्तर घाटा फराकिलो अंकले बढेको छ । फागुनको प्रतिवेदन देखेर तर्सेको राष्ट्र बैंकले फागुन महिनाको प्रतिवेदन सार्वजनिक हुनु अगाडि नै बैंकका सीइओहरुलाई बोलाएर केही समयको लागि गाडीलगायतका विलासिताका सामानहरुको एलसी खोल्न बन्द गर्न मौखिक निर्देशन दियो । हालैको नेपाल बैकर्स एसोसिएसनको बैठकले पनि आगामी एक हप्तालाई अत्यावश्यक बाहेकका सामानहरुको एलसी बन्दै गर्ने निर्णय ग¥यो ।
बढ्दो आयात एवम् घट्दो विदेशी विनिमय सञ्चिति देशको लागि खतराको सूचक हो । पछिल्लो देशको विदेशी मुद्रा सञ्चितिले राष्ट्र बैंकले लक्ष्य गरेको ७ महिनाको देशको वस्तु तथा सेवा आयात पनि नपुग्ने देखिन्छ । ८ महिनाको तथ्यांक अनुसार हालको सञ्चिति देशको ६.७ महिनाको वस्तु तथा सेवा आयातलाई मात्रै धान्न पुग्ने सञ्चिति रहेको छ । पछिल्लो तथ्यांक अनुसार राष्ट्र बैंकसँग ९ अर्ब ५८ करोड अमेरिकी डलर मात्रै विदेशी मुद्रा सञ्चिति रहेको छ । यो माघ महिनाको तुलनामा १७ करोड डलर कम हो ।