सानिमा लाइफले गर्यो लाभांश प्रस्ताव |
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको चैत २९ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ४.२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२२ प्रतिशत नगद लाभांश गरी ४.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश बीमा समितिको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।