एनआईसी एशिया क्यापिटलले इकाईधनीहरुको बैंक खातामा पठायो लाभांश |
काठमाडौं । एनआईसी एशिया क्यापिटलले आफ्नो व्यवस्थापनमा रहेका तीन म्युचुअल फण्डहरुको लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा गरेको छ।
क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्स्ड् फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको लाभांश इकाईधनीहरुको खातामा पठाएको हो। क्यापिटलले डिम्याट खातामा उल्लेख गरेको बैंक खातामा जम्मा गरेको हो।
हालसम्म संकलन नगरेको तथा बैंक खातामा पठाउँदा विविध कारणले गर्दा फिर्ता आएको इकाईधनीहरुको विवरण क्यापिटलको वेबसाइटमा राखिएको छ।