आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ सम्मानित |
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ नेपाल व्यवस्थापन संघ (म्यान)बाट सम्मानित भएका छन् । चैत २६ गते म्यानद्वारा काठमाडौँमा आयोजित एक विशेष समारोहकाबीच सिइओ श्रेष्ठ ‘आउट स्ट्यान्डिङ म्यानेजमेन्ट अवार्ड २०२२’बाट सम्मानित भएका हुन् ।
सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले म्यानलाई धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ-आफ्नो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पु-याउने ग्राहक, शेयरधनी, कर्मचारी, नियामक निकायलगायतलाई धन्यवाद ज्ञापन गरे ।
उक्त सम्मानले थप हौसला प्राप्त भएको र आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवालाई अझै परिस्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रूपमा सेवा प्रदान गर्ने उनले बताए ।
सिइओ श्रेष्ठले आफू जहिले पनि समूहमा विश्वास गर्ने भएको हुनाले आगामी दिनहरुमा पनि यसरी नै सबै क्षेत्रबाट साथ र सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रूपमा आइएमई जनरल इन्स्योरेन्स अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको International Brand Consulting Corporation (IBC), ले Asia’s Most Trusted Company Award 2019 / World HRD Congress, ले Asia’s Best Employer Brand Awards 2021बाट समेत सम्मानित गरेको थियो ।