बुटवलमा भोलि ‘स्टार्टअप एण्ड आइडिया फेस्ट र डिजिटल लुम्बिनी संवाद’ कार्यक्रम आयोजना हुदै |
बुटवल । गण्डकी प्रदेशको बुटवलमा चैत २३ गते बुधवार ‘इबिमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२२’ कार्यक्रम आयोजना हुदैछ । डिजिटल स्टार्टअप, इन्नोभेसन र आइडियाहरुको बिशेष प्रस्तुति रहने कार्यक्रममा प्रदर्शनी, पिचिंङ, मेन्टरिंङ सेसनहरु संचालन हुनेछन् । बुटवल सिटि सेन्टरमा बिहान ११ बजेदेखि स्टार्टअप फेस्ट कार्यक्रम आयोजना हुनेछ भने सोहि स्थानको पाल्म होटलमा दिउसो २.३० देखि डिजिटल लुम्बिनी संवाद कार्यक्रमको आयोजना हुनेछ ।
प्रदेशमा रहेका स्थानीय स्टार्टअपहरुलाई प्रवद्धन गर्ने र आवश्यक लगानी समेत जुटाउने उदेश्यले सातै प्रदेशमा कार्यक्रम आयोजना भैरहेको आयोजक सस्था लिभिंग विथ आइसिटीले जनाएको छ । पहिलो कार्यक्रम गत शुक्रबार गण्डकी प्रदेश अन्तर्गत पोखरामा कार्यक्रम आयोजना भएको थियो ।
यस कार्यक्रममा स्थानिय स्टार्टअप तथा विद्यार्थीहरुका इन्नोभेटिभ आइडिया तथा प्रोजेक्टहरुलाई प्रदर्शनीमा राखिनेछ । सहभागिहरुले आफ्नो आइडिया वा प्रोजेक्टको बारेमा विज्ञ छनौट समितिसामु प्रस्तुती दिनेछन । यसैगरी उनिहरुले आइटी क्षेत्रका सफल स्थानिय तथा काठमाडौंका उद्यमीहरुबाट मेन्टरिङ सेसनमा पनि सहभागी हुने अवसर प्राप्त गर्नेछन । आयोजकले हरेक प्रदेशबाट उत्कृष्ट ५ स्टार्टअप तथा आइडिया छनौट गरी काठमाडौंमा विजनेश इन्क्युवेसनमा सहभागि गराउने जनाएको छ ।
छनौट भएका केहि स्टार्टअपहरुले बैंकले उपलब्ध गराउने सहुलियतपुर्ण ऋण सुविधा र लगानीको लागि अवसर प्राप्त गर्नेछन । स्टार्टअपहरुले आबश्यक प्रविधि, कानुनी सहायता र व्यपार प्रवद्धनको लागि निशुल्क परामर्श तथा विभिन्न अवसरहरु प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । हरेक प्रदेशका उत्कृस्ट १ स्टार्टअपलाई आइसिटी अवार्ड २०२२ को ग्रान्ड फिनालेमा सम्मान पनि गरिने छ ।
लुम्बिनी प्रदेशमा कार्यक्रममा कम्तिमा ३० बढि स्टार्टअपहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा प्रदेश सरकार, स्थानिय सरकार, नीजि क्षेत्र र सरोकारवालाहरुको उपस्थितीमा डिजिटल रुपान्तरणमा लुम्बिनी प्रदेश विषयमा विशेष अन्तकृया तथा संबादको आयोजना हुनेछ । डिजिटल संवाद कार्यक्रममा प्रदेश सरकार, स्थानिय सरकार, सरोकारवाला र नीजि क्षेत्रको उपस्थितीमा विशेष अन्तकृयात्मक छलफल हुनेछ ।
कार्यक्रममा स्टार्टअप तथा बिद्यार्थीका प्रोजेक्टहरुलाई प्रदर्शनीमा निशुल्क समाबेश गरिएको छ भने सहभागीको लागि पनि कुनै शुल्क राखिएको छैन । कार्यक्रम बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म संचालन हुनेछ ।