नेप्से परिसुचक दोहोरो अंकले घट्यो |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से ३४.७८ अंकले घटेर दुई हजार ३ सय ८५ दशमलब ०२ विन्दुमा रोकिएको हो ।
त्यस्तै, आज नेप्सेसंगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा एक अर्ब ५२ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका १३ कम्पनीको शेयरमूल्य बढेको छ भने १७७ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । १० प्रतिशतले बढेर उक्त शेयर प्रतिकित्ता २०५७ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज इमर्जिङ नेपाल र न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज ६ प्रतिशतले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी कम्पनीको भएको छ । यस कम्पनीको आज ५ करोड ७४ लाख भन्दा बढीको कारोबार भएको छ ।