नेपालमा रियलमीको ‘माइटी पर्फमेन्स बुस्टर’ नार्जो ५० सार्वजनिक |
काठमाडौं । विश्वमै सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा रियलमीनार्जो सिरीज अन्तर्गत नार्जो ५० सार्वजनिक गरेको छ ।
माइटी पर्फमेन्स बुस्टेड नार्जो ५० स्मार्टफोनमा रहेकोे उत्कृष्ट प्रोसेसर, उत्कृष्ट डिस्प्ले, छिटो चार्ज गर्ने क्षमता र लामो समयसम्म चल्ने ब्याट्री लाइफको साथ गेमिङ उत्साहीहरुको मन जित्नेछ ।
यस श्रेणीमा उत्कृष्ट गेमिङ प्रोसेसर प्रस्तुत गर्दै मेडियाटेक हेलियो जि९६ द्वारा संचालित नार्जो ५० ले दुई को¥टेक्स–ए ७६ कोर र छ वटा को¥टेक्स–ए ५५ कोरको २.० गिगाहर्जका साथ उत्कृष्ट प्रदर्शन ल्याउँछ ।
यो १८० हर्जको टच स्याम्पलिङ्गदरको र अल्ट्रा–स्मूथ १२० हर्ज रिफ्रेस दरको साथ ६.६ इन्च डिस्प्लेको साथ आउँछ जसले युवा गेमरहरुलाई सबैभन्दा सहज प्रदर्शन प्रदान गर्दछ । यो स्मार्टफोनमा लामो समय टिक्ने ५००० एमएएच् ब्याट्री छ र यसको ३३ वाट डार्ट चार्जिङले७० मिनेटमै १००% ब्याट्री चार्ज गर्न सक्छ ।
रियलमी नार्जो ५० मा विशिष्ट डाइनेमिक ¥याम विस्तारको प्रविधि प्रयोग गरिएको छ, जसले नार्जोका गेमरलाई ११ जिबी ¥यामसम्म विस्तार गरेर सहज अनुभव प्रदान गर्दछ । ५० एमपीएआई ट्रिपल क्यामेराका साथ उपलब्ध यो फोनले रातको समयमा उत्कृष्ट र गुणस्तरीय फोटो खिच्नुका साथै रातको शट लिँदा स्पष्ट र चम्किलो विवरणहरु ल्याउँछ ।
यसमा ५० एमपी ईमेज सेन्सर सहितको प्राईमरी क्यामेरा पनि राखिएको छ जसले पर्याप्त लाईट सुरक्षित राख्दछ र तस्बिरहरुलाई अझ स्पष्ट र उज्यालो बनाउँछ ।
सुपर क्लोज फोकस दूरीको साथ म्याक्रोे लेन्सले प्रयोगकर्ताहरुलाई विवरण सहितको म्याक्रोे फोटो खिच्न र बी एण्ड डब्लु (B&W) लेन्सले पोट्र्रेटहरुका लागि कलात्मक प्रभाव प्रदान गर्दछ ।
रियलमीनार्जो ५० मारेसिङ कारहरुबाट प्रभावित १७४ ग्राम तौल र ८.५ मिमिमोटाई भएका केभ्लार स्पिड टेक्स्चर डिजाइनजस्ता फिचर्स छ, यसको साइडमा पावर वटनका साथ अल्ट्रा फास्ट फिङ्गर प्रिन्ट दुवैको प्रावधान एकै वटनमा उपलब्ध छ ।
यो फोन दुई भिन्नआकर्षक रङ्गहरु स्पीड ब्ल्याक र स्पीड ब्लूमाउपलब्धछ र दुई स्टोरेज भेरियन्टहरु ४+६४जिबीमूल्य रु. २२,९९९/- र ६ ६+१२८ जिबीमूल्य रु. २६,४९९/-मा उपलब्धछ ।
रियलमीनार्जो ५० का मूख्य विशेषताहरु :-
मिडिया टेक हेलियो जि९६प्रोसेसर :-
रियलमी नार्जो ५० सबैभन्दा शक्तिशाली गेमिङ प्रोसेसर हेलियो जि९६ सहित उपलब्ध छ, जसले पछिल्लो (जी९५)को तुलनामा ४२% कार्यसम्पादन वृद्धि देखाउँछ । नवीन हेलियो जि९६ ले दुई को¥टेक्स–ए७६ कोर र छ वटा को¥टेक्स–ए५५ कोर २ं०५ गिगा हर्जका साथ उत्कृष्ट प्रदर्शन देखाउँछ ।
सेग्मेन्टमा उच्च रिफ्रेस दर डिस्प्ले :-
विश्वभरका युवा गेमरहरुलाई सहज डिस्प्ले प्रदान गर्न, नार्जो ५० ले१८० हर्ज टच स्याम्पलिङ्ग दर र अल्ट्रा–स्मूथ १२० हर्ज रिफ्रेस दरको साथ ६.६ ईन्चको डिस्प्ले अपनाएको छ ।
यो उच्च रिफ्रेस दरले ब्याट्री बचतको लागि रिफ्रेस दर समायोजनको ६ स्तरहरुलाई समर्थन गर्छ र उल्लेखनीय रुपमा राम्रो अनुभव प्रदान गर्न एनिमेसन, स्क्रोलिङ र खेलहरुमा ब्लर कटौती गर्छ । यसमा ९०.८% स्क्रिन टु बडी रेसियो छ ।
३३वाटडार्टचार्ज र ५००० एमएएच् म्यासिभ ब्याट्री :
रियलमी नार्जो ५० मा ५००० एमएएच् मेगा ब्याट्री रहेको छ जसको साथमा चाहेको बेलानन–स्टप प्रयोगको मज्जा लिन सकिन्छ । नार्जो ५० ल ब्याट्रीलाई अझ बढी टिकाउको लागि५००० एमएएच् ब्याट्री का साथ विभिन्न सफ्टवेयर प्रयोग गरेकोे छ ।
सुपर पावर सेभमोडले आकस्मिक (ईर्मजेन्सी) ब्याट्री प्राप्तगर्न मद्दत गर्दछ र स्लीप अप्टिमाइजेसन/एपफ्रिजर र स्क्रिन अप्टिमाइजेसन सधैँ त्यहाँ स्ट्यान्डबाइमा हुन्छ । VCVT इन्टेलिजेन्ट ट्युनिङ एलगोरिदम, VFC ट्रिकल चार्जिङ अप्टिमाइजेसन एल्गोरिदम र इन्टेलिजेन्ट फाइभको र प्रोटेक्सन विशेषताका साथ नार्जो ५० को नयाँ ३३ वाट डार्ट चार्ज छिटो र सुरक्षित छ । यसले फोनलाई ७० मिनेटमै १००% ब्याट्री चार्ज गर्न सक्छ ।
क्यामेरा :-
रियलमी नार्जो ५० मा ‘५० एमपी’ एआई त्रिपल क्यामेराका साथ उपलब्ध छ । यसले f/1.8 एपर्चरको साथ ५० एमपी ईमेज सेन्सर प्राइमरी क्यामेरा पनि अपनाएको छ, जसले तस्बिरहरुलाई स्पष्ट र उज्यालो बनाउँछ ।
साथै, 4X म्याक्स डिजिटल जुमले प्रयोगकर्ताहरुलाई लामो दूरीबाट स्पष्ट फोटो खिच्न सक्षम बनाउँछ । रियलमी नार्जो ५० मा सुपर क्लोज फोकस दूरीको साथ म्याक्रो लेन्स पनि उपलब्ध छ ।
यसले प्रयोगकर्ताहरुलाई विवरणसहितको म्याक्रो फोटो खिच्न र माइक्रो वल्र्डको आकर्षण अन्वेषण गर्न सशक्त बनाउँछ ।
बी एण्ड डब्लु B&W लेन्सले पोट्र्रेटहमा कलात्मक अनुभव प्रदान गर्दछ, जसले कालो र सेतोमा पुनः उत्पादन गर्दै उच्च एक्सपोजर प्रदान गर्दछ र प्रकाश र गाढा ईमेज बीचको भिन्नता बढाउँछ । मास्टर पोट्रेट कार्यहरुको बनावटलाई समायोजन गरी फोटोहरु रेट्रो फिल्म शैलीमा ट्युन गर्न सकिन्छ र अन्तिम पोट्रेट शटमा बनावट थप्न सकिन्छ ।
Dynamic RAM Expansion Technology (DRE):
रियलमीले नार्जो ५० मा फोनको मेमारीको कमीलाई पुरा गर्न DRE प्रविधिको विकास गरेको छ, जसले रोम लाई ¥याम विस्तार गर्न भर्चुअल ¥याम मा परिणत गर्छ । प्रयोगकर्ताहरुले ११ जीबी सम्म ¥याम विस्तार गर्न पाउनेछन् । यो सुविधाले स्मार्टफोनमा चल्ने गेम र प्रोग्रामहरुको गतिलाई तिव्र बनाउनेछ ।
रियलमीको बारेमा :-
टेक जीवनशैलीमा उच्च गुणस्तरीय सेवा दिन माहिर रियलमी स्मार्ट फोनको क्षेत्रमा ट्रेन्डसेटिङ ब्राण्ड हो । कम्पनीका फाउन्डर स्काई ली र भारतका माधव शेठद्धारा संयुक्त रुपमा सन् २०१८ मे ४ मा आधिकारिक रुपमा यसको स्थापना गरिएकोमा युवा समूहमा प्रविधिको क्षेत्रमा समृद्ध अनुभव कम्पनीसँग छ ।
युवाहरुका लागि समार्ट र आधुनिक जीवनशैली सिर्जना गर्ने उत्कृष्ट उत्पादनहरु प्रदान गर्दै अत्याधुनिक प्रविधिलाई प्रजातान्त्रिक गर्ने प्रतिबद्धता पनि गरेका छन् ।
२०२१ को दोस्रो क्वाटरमा जिटी सिरीज, नम्बर सिरीज, नार्जो सिरीज र सी सिरीज लगायतका एन्ट्री लेभलदेखि फ्लागशिप खण्डहरु सम्मको समग्र स्मार्टफोन पोर्टफोलियोका साथ रियलमी विश्वको नम्बर ६ स्मार्टफोन ब्रान्ड बनेको छ ।
काउन्टरपोइन्ट रिसर्चका अनुसार : भारतीय बजारमा छन् ल्याउने रियलमी पहिलो फोन हो, २०१९ फेब्रुअरीमा रियलमी X50 Pro 5G र दोस्रो क्वाटर २०२१ मा २३ प्रतिशत शेयरका साथ भारतको शीर्ष छन् स्मार्टफोन ब्रान्ड बनेको छ ।
रियलमीले 1 5 T रणनितिद्धारा रियलमी टेकलाइफ ईकोसिस्टमको शुरुवात गरेको छ ,जुन स्मार्टफोनमा केन्द्रित छ र स्मार्ट लाइफको ५ श्रेणीहरु स्मार्ट टिभी, वेरबल्स, टिडब्लुएस, ल्यापटप, ट्याब्लेटहरु र रियलमी टेकलाइफ® ब्रान्डका ३ श्रेणीहरु स्मार्ट लाइफ केयर, स्मार्ट मनोरञ्जन र स्मार्ट जडानका उत्पादनहरुमा विस्तार गरिएको छ । रियलमीले ‘रियलमी टेकलाइफ इकोसिस्टमलाई’ समृद्ध बनाउन थप नवीन प्रविधि उत्पादनहरुमा विकास गर्दै आएको छ ।