चिनियाँ पर्यटनमन्त्री लुओ सुगाङ काठमाडौंमा, पर्यटनमन्त्रीले गरे स्वागत |
काठमाडौं । चीनका संस्कृति तथा पर्यटनमन्त्री लुओ सुगाङको नेतृत्वमा एक चिनियाँ टोली आज नेपाल आएको छ । मन्त्री सुगाङसहितको प्रतिनिधिमण्डललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आज मन्त्रालयमा स्वागत गरेका हुन् ।
भेटमा दुवै मुलुकको पारस्परिक हित, सांस्कृतिक आदानप्रदानका विषयमा छलफल भएको मन्त्री अधिकारीले बताएका छन् । उनले चिनियाँ मन्त्रीसँगको भेटबाट पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिएको बताएका छन् ।