राद्यी विद्युत कम्पनीको नाफामा १७१ प्रतिशतले वृद्धि |
काठमाडौं । राद्यी विद्युत कम्पनीको चालु आर्थिक वर्ष २०७५⁄७६ को पहिलो त्रैमासमा खुद मुनाफा १ करोड ९४ लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनमा ५४ दशमलव ०७ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीको नाफा ४ करोड २३ लाख रुपैयाँ कमाएको थियो ।
४५ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडाकोषमा ११ करोड २८ लाख रुपैयाँ राखेको छ । कम्पनीको बिक्रि ४ करोड ३६ लाख रुपैयाँ रहेको छ । कम्पनीको लगानी ३४ करोड ९८ लाख रुपैयाँ रहेको छ ।
राद्यी विद्युत कम्पनीको प्रतिशेयर आम्दानी १७ दशमलव २४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ११ दशमलव ३७ गुणा, प्रति शेयर कुल सम्पत्तिको मूल्य २१० दशमलव ८१ रुपैयँ र प्रति शेयर नेटवर्थ १२५ दशमलव ०२ रुपैयँ रहेको छ ।