शिवम् सिमेन्टका संचालक गोयल म्यानेजमेन्ट एसोसियसन अफ नेपालको कार्यकारी वोर्ड सदस्यमा निर्वाचित |
काठमाडौं । चैत २६ गते सम्पन्न भएको नेपाल व्यवस्थापन संंघ, नेपाल (MAN) को ४१ औं वार्षिक साधारण सभाबाट संस्थागत समूह तर्फको प्रतिनिधित्व गर्दै MANको कार्यकारी वोर्डको सदस्य पदमा गोयलकाे चयन भएकाे हाे ।
शिवम् सिमेन्ट दोस्रो पटक निर्वाचित भएको हो । यस अघि सन् २०२० मा भएको निर्वाचनमा समेत शिवम् सिमेन्ट संस्थागत समूह तर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संघको कार्यकारी वोर्डको सदस्य पदमा निर्वाचित भएको थियो ।