एभरेष्ट इन्सुरेन्सको वैशाख २१ मा एजीएम |
काठमाडौं । एभरेष्ट इन्सुरेन्सले वैशाख २१ गते वार्षिक साधारण सभा डाकेको छ । सभामा कम्पनीले गत वर्षको नाफाबाट ६% बोनस सेयर र कर प्रयोजनका लागि ०.३१% नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्ने भएको छ । यस्तै, निर्जीवन बिमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी सबै अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव छ ।
आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । त्यस्तै, कम्पनीको अधिकृत पुँजी बढाएर ३ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।
सभा, अग्रवाल भवन, काठमाडौंमा दिउँसो २ बजेबाट सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले वैशाख १२ गते एकदिन बुक क्लोज गर्ने भएको छ । वैशाख ११ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।