सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई बयोधा अस्पतालमा विशेष छुट |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बयोधा अस्पतालबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । अस्पताल र बैंक बीच भएको सम्झौता अनुसार बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने उल्लेख गरिएको छ ।
बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले तथा अस्पतालका संचालन बिभागका जनरल म्यानेजर उत्तम थापाले सो सम्झौतामा हस्ताक्षर गरेका छन । सम्झौता पछि बैंकका डेबिट÷क्रडिट कार्डवाहक तथा कर्मचारीहरुले उक्त अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने भएकाले बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
बैंकले ८० शाखा, ७५ एटिएम तथा ९९ वटा शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा लगायतको सेवा समेत प्रदान गर्दै आईरहेको छ ।