एनसीसी बैंक र युनियन लाइफबीच बैंंकास्योरेन्स सम्झौता |
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पोलिसी विक्री गर्न सकिने भएको छ ।
सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन ।