सिइओ सम्मेलन २०२२ हुने, करिब तीन सय सिइओको सहभागिता रहने |
काठमाडौं । नेपाल व्यवस्थापन संघको आयोजनामा नेपालमा पहिलो पटक सीइओ सम्मेलन २०२२ हुने भएको छ । संघले यहि चैत २५ गते होटेल याक एन्ड यतीमा सिइओ सम्मेलन गर्ने भएको हो ।
बैंक तथा वित्तिय संस्था, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, उद्यमशिलता र प्रविधि क्षेत्रलाई समेटेर सम्मेलनको आयोजना गर्न लागेको संघले जानकारी दिएको छ ।
संघका अनुसार सम्मेलनमा विभिन्न क्षेत्रमा कार्यरत करिब तीन सय सिइओको सहभागिता रहनेछ भने सम्मेलनमा सातवटा फरक–फरक क्षेत्रमा सञ्चालन हुनेछ ।
हरेक सेसनमा चारजना वक्ता र एकजना सहजकर्तासहित ३५ जना विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता हुनेछ ।
यसैगरी संघको आयोजनामा यही चैत २६ मा राष्ट्रिय व्यवस्थापन महाधिवेशन तथा राष्ट्रिय व्यवस्थापन पुरस्कार समारोह पनि हुने भएको छ । नेपाल व्यवस्थापन रचनात्मक रूपमा राष्ट्रको विकासमा टेवा पुर्याउँदै आएको नाफारहित गैह्रराजनीतिक, सामाजिक एवं व्यवस्थापकहरूको छाता सङ्गठन हो ।