विजया लघुवित्तको मुनाफा ७७ लाख |
काठमाडौं । विजया लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो त्रैमासमा मुनाफा ७७ लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन गत वर्षको तुलनाभन्दा २ दशमलव ३३ प्रतिशतले बढेको हो । अघिल्लो गत वर्षको सोहि अवधिमा मुनाफा ७५ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
१९ करोड ४८ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडाकोषमा ३ करोड ८ लाख रुपैयाँ राखेको छ । निक्षेप ३६ करोड २९ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा १ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै खुद व्याज आम्दानीमा ८८ दशमलव २३ प्रतिशतले बढेर ३ करोड २७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३७ दशमलव ५ प्रतिशतले वृद्धि गरी ८८ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको निष्कृय कर्जातर्फ १ दशमलव ९६ प्रतिशत, जोखिम युक्त सम्पति १२ दशमलव ८४ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी वार्षिक १५ दशमलव ८४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४४ दशमलव १९ गुणा, प्रतिशेयर नेटवर्थ १ सय १५ दशमलव ८३ रुपैयाँ र तरलता अनुपात ६ दशमलव २६ प्रतिशत रहेको छ ।