स्वाभिमान माइक्रोफाइनान्सको पहिलो त्रैमासमा ३६ लाख मुनाफा |
काठमाडौं । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संंस्था लिमिटेडले पहिलो त्रैमासमा ३६ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । अघिल्लो वर्षको सोहि अवधिमा २६ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
४ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडाकोषमा १८ लाख रुपैयाँ राखेको छ । निक्षेप १४ करोड ८५ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा ५० करोड ७४ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै खुद व्याज आम्दानीमा ८८ दशमलव ६०४ दशमलव २० प्रतिशतले बढेर ७३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४४ लाख रुपैयाँ आर्जन गरेको छ । खुद व्याज आम्दानी र सञ्चालन मुनाफा बढाएको हुँदा नाफा बढेको हो ।
कम्पनीको निष्कृय कर्जातर्फ शुन्य दशमलव ०२ प्रतिशत र जोखिम युक्त सम्पति ८ दशमलव ९० प्रतिशत रहेको छ ।